सांसदहरुले सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गदै नेपाल सरकारलाई पनि नयाँ तथा सस्तो बजार खोज्न आग्रह गरेका छन् । उनले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गरे ।
यस्तै नेपाली कांग्रका सांसद दिव्यमणि राजभण्डारीले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न आग्रह गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताए ।