नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताएका छन् ।महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने जनाएका छन् ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, पोखरेलले लेखेका छन् । लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
महासचिव पोखरेलले भने राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ’, पोखरेलले लेखेका छन् ।