News Portal

  • अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक, शुक्रबार अन्त्येष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ असार २०७९
    ३२३८ पटक
    भक्तपुर, ८ असार २०७९

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उनकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको निधन भएको हो ।

    प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् । करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको नेमकिपा श्रोतले जनाएको छ । उपचारको क्रममा उनको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको नेमकिपा भक्तपुरका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पुष्टि गरेका छन् ।

    रामेछाप माइती भएकी प्रधानको २०४० सालमा नेता बिजुक्छेंसंग बिबाह भएको थियो । उनका २ छोरा छन् । बुधवार भक्तपुर नगरपालिकाको नगर सभा उद्घाटन कार्यक्रममा व्यस्त अध्यक्ष बिजुक्छेंले पत्नी प्रधानलाई अन्तिम स्वासमा साथ् दिन सकेनन् । निधनको खबर लगत्तै अध्यक्ष बिजुक्छेंसहित नेमकिपाका नेताहरु यतिबेला अस्पताल पुगेका छन् । प्रधानको पार्थिव शरीरलाई शुक्रवार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...