News Portal

  • भक्तपुरमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ९ असार २०७९
    ५९७ पटक
    भक्तपुर, ९ असार २०७९

    गएराति भक्तपुरमा सडक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

    सुर्यबिनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नं को मोटरसाइकल र जगातिबाट सुर्यबिनायक तर्फ आउदै गरेको बा ४ ख ५२९८ नं को ट्रिपर एक आपसमा ठक्कर खादाँ दुईजनाको मृत्यु भएको हो ।

    दुर्घटनामा ब्यासी बस्ने वर्ष १९ को निश्चल चौगुठी र अर्का हाल नामथर वतन नखुलेको सोही उमेरका युवकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । गम्भिर घाइते भई उपचारको लागि तत्कालै भक्तपुर अस्पताल लगेकोमा सोही अस्पतालमा मृत्यु भएको हो। मृतकहरुको शव भक्तपुर अस्पतालमा रहेको छ । घटनाको सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...