News Portal

  • मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० असार २०७९
    ७६१ पटक
    भक्तपुर, १० असार २०७९

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

    अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा नै बस्न नसक्ने स्थिति रहेकोमा यस पटक भने त्यस्तो देख्नु नपरेको एक सभासदले जनाएका छन् । “नीति तथा कार्यक्रममा ब्यापक छलफल भयो तर बिपक्षमा एक मत पनि परेन ।” उनले भने ।

    आर्थिक वर्ष २०७९/८० का लागि मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिइएको छ । नगरपालिकाले आफना जेष्ठ नागरिकका लागि निशुल्क बीमाको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै नगरका बिरामीलाई निशुल्क औषधी र रगत पाउने व्यवस्थाका लागि बजेट व्यवस्था गरिने बताइएको छ ।

    नगरपालिका अस्पतालको रुपमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्तर उन्नती गर्दै सीसीयू संचालन गर्ने, ब्लड बैंक, एमआरआइ र मृगौला डायालासिसको समेत सेवा शुरु गर्ने सार्वजनिक गरिएको छ । त्यतिमात्र होइन, उक्त अस्पतालको आर्थिक प्रशासनलाई व्यवस्थित बनाउन अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालय बाट गराउने नीति लिइएको छ ।

    नीति तथा कार्यक्रममा दोश्रो प्राथमिकता रोजगारीलाई दिईएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई रोजगारी संग जोड्ने नीति लिईएको छ भने नगरपालिकाले संचालन गर्ने विकास निर्मण कार्यमा मानवीय श्रमलाई प्राथमिकता दिएर रोजगारी सृजना गर्ने बताइएको छ ।

    स्वरोजगारमूलक तालिम र सहुलियतपूर्ण व्यवसाय कर्जाको व्यवस्था त्यस्तै परम्परागत उद्योगको बिकास गरी रोजगारी सृजनाको नीति लिईएको छ । त्यसैगरी नगरापालिककाकै आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग संचांह गर्ने र नगरपालिका आफैले बाजार व्यवस्थापन गरी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी नीति समेत घोषणा गरिएको छ ।

    मध्यपुर नगरपालिकाले तेस्रो महत्व शिक्षालाई दिएको छ । प्राविधिक धारको पढाइलाई अघि बढाइने बताइएको छ । प्राविधिक र ब्यवसायिक उच्च शिक्षालाई प्राथमिकता दिइएको छ। त्यस्तै अघिल्लो नीति तथा कार्यक्रमको निरन्तरता दिंदै नयाँ कुराको रुपमा विद्यालयमा नेपाल भाषाको पढाइ शुरु गर्न सम्भाव्यता अध्ययन गर्ने विषय समावेश गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...