News Portal

  • लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ असार २०७९
    ७१७ पटक
    भक्तपुर, १२ असार २०७९

    लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न गरिएको छ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ र यसै सन्दर्भमा भक्तपुरमा र्याली एवं सभा सम्पन्न गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजना एवं जिल्ला प्रहरी परिसर भक्तपुर र सामुदायिक सेवा केन्द्र कटुन्जेको संयोजनमा आइतवार सूर्यविनायकबाट शुरु भएको र्याली सल्लाघारी पुगी सभामा परिणत भएको थियो । उक्त अवसरमा सहभागीहरुले लागू औषध सेवन र ओसारपसार बिरुद्ध सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए । र्यालीमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरे, जिल्ला प्रहरी परिसरका प्रमुख रहेका एसपी शिवकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय कटुन्जेका प्रमुख कृष्ण मिजार,प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष सानुराजा कार्की, वडाध्यक्ष राजकुमार जोशी, सामुदायिक सेवा केन्द्र कटुन्जेका अध्यक्ष एवं काँग्रेस नेता सुशील बस्नेत लगायत सामाजिक अगुवाहरु एवं सयौं विद्यार्थीको सहभागीता रहेको थियो ।

    सल्लाघारीमा सचेतना सभालाई सम्बोधन गर्दै भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्माले लागु औषध पारिवारिक एवं सामाजिक समस्याको रुपमा समेत रहेको जानकारी गराउदै सबै मिलेर यसका बिरुद्ध लाग्नुपर्ने आवश्यकता औल्याएका छन् । सिडिओ कार्यालयले यसका विरुद्ध गुरुयोजना बनाएर काम गरिरहेको उल्लेख गर्दै सहायक सिडिओ शर्माले लागुऔषधविरुद्ध संवेदनशील भएर लाग्न र नियन्त्रणका लागि सहयोग गर्न सबैमा आग्रह गरेका हुन । सरकारले लागुऔषध नियन्त्रणका लागि सबै पक्षको साथ खोजिरहेको उनको भनाइ छ ।

    उक्त अवसरमा सूर्यविनायक-५ का वडाध्यक्ष राजकुमार जोशीले सभ्य र सुरक्षीत समाजका लागि लागु पदार्थ एक चुनौतीको रुपमा रहेको बताउदै नगरपालिका यस विरुद्धको अभियानमा सबैखाले सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता प्रकट गरे ।

    सामुदायिक सेवा केन्द्र कटुन्जेका अध्यक्ष सुशील बस्नेतले संचालन गरेको कार्यक्रममा लागुपदार्थ दुर्व्यसनबारे जानकारी गराउदै यसबाट आफू र सामाजलाई कसरी बचाउने भन्ने बारे एसपी शिवकुमार श्रेष्ठले अभिमुखीकरण गरेका थिए । उक्त अवसरमा जिल्लाका करिब १ दर्जन विद्यालयका सयौं विद्यार्थी सहभागी भएका थिए भने विद्यार्थीहरुले लागु पदार्थबारे लागेका जिज्ञासा राखेका थिए ।

    यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइदै छ । नेपालमा ८० प्रतिशत दुर्व्यसनीको मुख्य कारण गाँजा रहेको छ ।

    विशेषगरी किसोरकिसोरी र  युवाहरु सुरुमा चुरोट गाँजाबाट कुलतमा पस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने र तस्करीमा समेत फस्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...