News Portal

  • काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ असार २०७९
    ८२६ पटक
    mahesh basnetभक्तपुर, १२ असार २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा सोकुरा बताएका हुन् ।

    ”आफ्नो पार्टीका नेताकार्यकर्ताको पक्षमा नबोल्ने उल्टै काँग्रेसलाई फाइदा हुनेगरी कामकुरा गर्ने नेताकार्यकर्ता एमालेलाई चाहिदैन ।” उनले भने । आफूले गरेका बिकास निर्माण र सिलान्यास तथा उद्घाटनको बिरोध गर्नेहरुलाई इंकित गर्दै सांसद बस्नेतले पार्टीमा बौद्धिकताको नाममा अराजकता रहेको समेत खुलासा गरे ।

    उनले एमालेका जनप्रतिनिधिहरु जनतासंग जोडिनुपर्ने र पार्टी संगठन मजबुत पार्ने क्रियाकलापमा सक्रिय हुनुपर्ने सुझाव दिए । पार्टी नै प्रमुख कुरा भएको भन्दै उनले प्रत्येक वडामा कम्तिमा सय जना युवा र महिलालाई पार्टीको सिपाहीको रुपमा तयार पार्न समेत निर्देशन दिए । ” पार्टीको एक आदेशमा आउने प्रत्येक वाडबाट कम्तिमा १ सय युवा र महिला तयार पारौं ताकी एमालेले कसैसामु शीर निहुराउनु नपरोस ।” उनले भने । नेता बस्नेतले ती दस्ताले पार्टीको प्रचार गर्ने र पार्टी बिरोधी हर्कतको प्रतिरोध गर्ने तर्क गरे ।

    पूर्व मन्त्री समेत रहेका सांसद एवं एमाले पोलिटब्युरो सदस्य बस्नेतले गठबन्धन सरकारले भक्तपुरको बजेट काटेर करोडलाई लाख र हजारमा झारिदिएको बताए । यसको मूल्य सत्तारुढ दलले आगामी निर्वाचनमा चुकाउनुपर्ने गरी चुनौती प्रस्तुत गर्नुपर्ने प्रष्ट पारे । उनले माओवादी केन्द्र काँग्रेसको बुइमा बसेर एमालेसंग जुध्न नसक्ने जिकिर गर्दै काँग्रेस समेत आफूहरुको अघि कमजोर शक्ति भएको दावी गरे । उनले भक्तपुरको प्रदेश र संघको चुनावमा काँग्रेसलाई दोब्बर मतले पराजित पार्ने उद्घोष गर्दै सोही बमोजिम आगामी निर्वाचन लक्षित कार्यक्रममा लाग्न जनप्रतिनिधिहरुलाई उर्दी जारी गरेका थिए ।

    नेकपा(एमाले)का जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सह इन्चार्ज आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला इन्चार्ज सोमप्रसाद मिश्र, सह इन्चार्ज भ्बिउज्ञ दाहाल, केन्द्रीय सदस्य गोबिन्द दुलाल, अनुशासन आयोगकी सदस्य बिना बास्तोला, प्रदेस कमिटी सदस्य राजेन्द्र राजथला, नवराज गेलाल, राम बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला सचिव मोहनवीर श्रेष्ठले गरेका थिए ।

    नेकपा एमालेका तर्फबाट जिसस प्रमुख ईश्वरबहादुर थापा सहित पाँच सदस्य निर्वाचित भएका छन भने नगरपालिकामा एक प्रमुख र २ उपप्रमुख सहित पाँच दर्जन जनप्रतिनिधि निर्वाचित भएका छन् । सूर्यविनायकमा प्रमुख बासुदेव थापा र उप प्रमुखमा सरिता तिम्सिना भट्टराई त्यसैगरी चाँगुनारायणको उपप्रमुखमा रमेश बुढाथोकी निर्वाचित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...