एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।