News Portal

  • निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सरकारको सुझाव

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    ४६७ पटक
    भक्तपुर, १४ असार २०७९

    सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो। डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो।

    काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युबवेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ ।

    खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ। मापदण्डविपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...