News Portal

  • बैंकिङ कसुरको मुद्दामा फरार व्यक्ति पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    ५२० पटक
    भक्तपुर, १४ असार २०७९

    बैंकिङ कसुरको मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका–४ का ४३ वर्षीय बिनोद घिसिङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज जोरपाटीबाट पक्राउ गरेको हो।

    घिसिङले बैंक खातामा पर्याप्त रकम नहुँदा पनि १ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। पछि चेक नसाटिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। उजुरी लगतै फरार रहेका घिसिङ आज पक्राउ परेका हुन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो।

    पक्राउ परेका घिसिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...