News Portal

  • मोरङमा बाढीले बगाएर एक जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    ५९१ पटक
    भक्तपुर, १४ असार २०७९

    मोरङको सुन्दरहरैचामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन्। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १७५ परिवार विस्थापित भएका छन्। विराटनगर र कटहरी गरि १७५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

    विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...