News Portal

  • मनोहराको कटान हेरेपछि तीन स्थानीय सरकार प्रमुखको यस्तो अपिल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    ११४३ पटक
    भक्तपुर, १४ असार २०७९

    भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।

    काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा समेत मनोहराले सोही प्रकृतीको जोखिम् निम्त्याएकोले तीनै नगरपालिकाले समस्या समाधानमा सकृयता देखाएका हुन् । तीनै वटा स्थानीय तहका प्रमुखहरुले खोलाबाट हुने क्षती न्यूनिकरणमा एक जुट भएर काम गर्ने लिखित प्रतिवद्धता समेत गरेका छन् ।
    मनोहरा खोलाको कटानलाई नियन्त्रण गरि जनधनको क्षती हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन र मनोहरा खोलाको तटबन्धन सहितको दिगो ब्यवस्थापनका लागि तत्काल संयुक्त रूपमा आवस्यक पहल गर्ने उनीहरुले प्रतिबद्धता प्रकट गरेका छन् । मनोहरा खोलाको दुबै तर्फको ३ वटै नगरपालिका प्रमुखहरुले संयुक्त रुपमा यस्तो प्रतिवद्धता प्रकट गरेका हुन ।
    भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले संयुक्त रुपमा मनोहराबाट हुने क्षती न्यूनिकरणमा आफूहरुलाई सहयोग गर्न समेत सबैमा सार्वजनिक अपिल गरेका छन् ।       
    मनोहरा खोलाको बहाव बढ्न गइ धार परिवर्तन गरी खोलाले काठमाडौं र भक्तपुरका दुवैतर्फ जमीन कटान गर्दा ब्यक्तिगत सीमा बिबाद समेत बाहिरिएका छन् । तीनै वटा स्थानीय सरकार एक ठाँउमा रहेर काम गर्न तत्पर भएपछि स्थानीयका ब्यक्तिगत समस्या समेत समाधान हुने विस्वास ब्यक्त गरिएको छ ।
    खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाको भूभाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्ती लगायतको अन्य संरचनामा समेत क्षति पुर्याउँदै आएकोले मानवीय क्षति समेत हुनसक्ने भन्दै सावधानी अपनाउन समेत स्थानीय सरकार प्रमुखहरुले नगरवासीलाई सचेत गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...