News Portal

  • सूर्यविनायक नगरपालिकाले लोक सेवाको तयारी कक्षा संचालन गर्ने

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १५ असार २०७९
    १११० पटक
    suryabinayakसूर्यविनायक, १५ असार २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । आफ्ना नागरिकलाई निजामती सेवामा प्रवेशको ढोका खोल्न लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागिएको हो ।

    बुधवार नगरपालिकाको पत्रकार सम्मेलनमा प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले कक्षा १२ पछि उच्च शिक्षा अध्ययन सम्बन्धी करियर काउन्सेलिङ्ग र लोक सेवा आयोग तयारी कक्षा संचालनको लागि बजेटमै व्यवस्था गरिएको बताए ।

    नगरपालिकाको ११ औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई समेटेर बजेट प्रस्तुत भएको र त्यो सर्वसम्मतले पारित भएको जानकारी गराउदै प्रवक्ता सापकोटाले बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग हुने अपेक्षा गरे ।

    बजेटमा कृषि र उद्यमशिलता विकासका लागि नगर स्वरोजगार कोषमा रु.२ करोड विनियोजन गरिएको र उद्यम व्यवसायलाई प्रर्वधन गर्न उद्यमी सम्मेलन आयोजना गरिने नीति लिइएको उनले उल्लेख गरेका छन् । त्यसैगरी नगरपालिका भित्रका सहकारी, शिक्षण सस्था, स्वास्थ्य लगायत अन्य विभिन्न संघ संस्थाको तथ्यांक यकिन गर्न नगर डाटा बैंक स्थापनाको लागि बजेट विनियोजन भएको बारे बताउदै उनले डाटा बैंकको आवश्यकता र महत्व माथि प्रकाश पारे ।

    स्वास्थ्य बीमा प्रिमियममा रु.१ हजार नगरपालिकाले अनुदानको दिएन व्यवस्थालाई बजेटले निरन्तरता दिनुका साथै स्वास्थ्य क्षेत्रको लागि मात्र १२ करोड ३१ लाख विनियोजन गरिएको उनले बताए । कृषि तथा पशुपालनमा ५० प्रतिशत लागत सहभागिता र अन्य कृषि तथा पशुपालन क्षेत्रमा ३ करोड ७९ लाख विनियोजन गरिएको जानकारी गराउदै नगरपालिकाले कृषि क्षेत्रलाई महत्व दिएको उनको भनाइ छ ।

    शिक्षा सुधार गर्न सामुदायिक विद्यालय सुधारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनुका साथै विद्यालयको प्रशासनिक नेतृत्व गर्ने प्रधानध्यापकको नियुक्ती योग्यता र क्षमताको आधारमा गर्ने वस्तुगत प्रणाली निर्माण गरी कार्य सम्पादन करार समेत गरिने दावी गरिएको छ ।त्यस्तै  सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने बताइएको छ ।

    राजस्व उठाउने काममा नगरपालिका कडा रुपमा प्रस्तुत हुने उनले जानकारी दिए । राजस्व संकलनमा नगर प्रहरी नै परिचालन गरिने तयारी बारे प्रवक्ता सापकोटाले प्रस्ट पारे । त्यस्तैगरी कवाडी व्यवसायलाई राजस्वको दायरमा ल्याईने र घरवहाल स्वयं घोषणा र व्यवसायदर्ता अभियान संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    उक्त अवसरमा नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल, निर्देशक राजेन्द्रप्रसाद नेपाल, सूचना अधिकारी अनिरुद्र नेपाल लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा सूचना सम्प्रेषणलाई व्यवस्थित गर्न नगरपालिका भित्र एक सूचना केन्द्र स्थापना गर्ने समेत जानकारी गराइएको छ । त्यतिमात्र होइन, नगर र वडाबाट सम्पादित कार्यहरुको विवरण संकलन गरेर प्रत्येक १५ दिनमा नगर प्रवक्ता मार्फत सूचना सार्वजनिक गर्ने काम शुरु गर्ने समेत बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...