News Portal

  • अब उप्रान्त निर्वाचनमा उम्मेद्वारी नदिने नगरप्रमुख थापाको घोषणा

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १५ असार २०७९
    ९३० पटक
    basudev thapaसूर्यविनायक, १५ असार २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित गरेकोमा मतदातालाई धन्यवाद भन्दै उनले उक्त घोषणा गरेका हुन् ।

    बुधवार निवर्तमान बनेका सूर्यविनायकका जनप्रतिनिधिको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले अब आफूले साझा भूमिका निभाउने जिकिर गरे । पार्टीसंग पनि आफ्नो अब कुनै पनि तहको निर्वाचनका लागि टिकटको दावी नरहने खुलासा गर्दै प्रमुख थापाले वर्तमान कार्यकाललाई पूर्ण सफल बनाउने तर्फ प्रतिवद्ध रहने प्रष्ट पारे ।

    अघिल्लो कार्यकालमा चारपाँच जना कर्मचारी लिएर काम शुरु गरेको स्मरण गर्दै उनले वर्तमान अवस्था सम्म आइपुग्दा सन्तोषजनक काम भएको दावी गरे । अघिल्लो कार्यकालमा ७६ वटा कानुन बनाएको उल्लेख गर्दै प्रमुख थापाले विद्यालय र अस्पताल समेत बनाइएको बताए । भौतिक पूर्वाधारमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको प्रष्ट पार्दै उनले विकासनिर्माण हेर्न सूर्यविनायक जानुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्न समेत सफल भएको दावी गरे ।

    नवनिर्वाचित जनप्रतिनिधि दलगत स्वार्थ भन्दा माथि उठेर साझा चरित्र निभाउनुपर्ने र जनताको सच्चा प्रतिनिधि बन्नुपर्ने बताउदै उनले अघिल्लो कार्यकालमा सहयोग गरी वर्तमानमा निवर्तमान बनेका जनप्रतिनिधिको नगरपालिकाले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरेका थिए ।

    कार्यक्रममा नगर प्रमुख थापाले आफ्नो बलबुताले भ्याएसम्म नगरपालिकालाई सम्बृद्ध र देशकै उत्कृष्ट नगरपालिका बनाउन प्रयास गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।                               

    पूर्वमन्त्री एवं सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिसस प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक उपप्रमुख सरिता तिम्सिना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...