News Portal

  • भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १६ असार २०७९
    ८०४ पटक
    dipak thapaभक्तपुर, १६ असार २०७९

    भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो ।

    प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन । खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तर नगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइएको उनले बताए ।

    भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने उनले प्रष्ट पारे ।

    नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताइन् ।

    उक्त अवसरमा भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले विद्यालय जीवनबाट नै खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

    वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा ३ का वडाध्यक्ष उपेन्द्र सुवाल, कार्यपालिका सदस्य सुनिता अवाल लगायतले पनि प्रतियोगिताको महत्वमाथि प्रकास पारेका थिए ।

    भक्तपुर नगरपालिकाको आयोजनामा शुरु भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

    bhaktapur sports

    bhaktapur sports

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...