News Portal

  • ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० असार २०७९
    ४९३ पटक
    भक्तपुर,२० असार २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचिव भट्टराईले आज अपराह्न १ बजे बस्ने संसदमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । आज संसदमा ओलीले सरकारसँग सीसीटीभी फुटेज ‘डिलिट प्रकरणको बारेमा पनि जवाफ माग्ने भएका छन्् ।

    बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज डिलिट भएको भन्दै अर्थमन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गरेको थियो । तर फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने अर्थको दाबीको खण्डन सीसीटीभी जडान तथा संचालन कार्यविधि २०७२ ले खण्डन गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...