नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म असार महिना मै मौद्रिक नीति ल्याऊने बताएका छन्। मौद्रिक नीतिको लागि सुझव संकलन कार्यक्रममा उनले सकेसम्म असार महिना मै र नसके साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने बताएका हुन् ।
उनले अर्थतन्त्रलाई निकास दिने हिसाबले मौद्रिक नीति आउने र सोहि अनुसारको सुझाव दिन आग्रह गरेका छन् । अर्थतन्त्रको अवस्था हेर्दा संसारका सबै अर्थशास्त्रीले निकालेको थ्योरी एकैपटक लागू गर्नुपर्ने जस्तो अवस्था सिर्जना भएको अधिकारीको भनाइ छ ।
त्यस्तै आर्थिक ऐन आइसकेकोले कतिपय ब्यबस्थालाई मौद्रिक नीतिमार्फत केही गर्न नसकिने उनले उल्लेख गरेका छन् ।