News Portal

  • रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ५२८ पटक
    भक्तपुर, २१ असार २०७९

    रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...