अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम छानबिन समिति गठन भएको हो ।
समितिमा संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहने छन् ।
जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने बताइएको छ । समितिको संयोजक भने सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।