मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका नवनियुक्त अध्यक्ष धर्मेन्द्र झाले उक्त विषयमा प्रकाश पार्दै आफ्नो प्रस्तुतीकरण दिएका थिए । निरंकुशतामा सूचनाको संकुचन हुने भएपनि लोकतन्त्रमा सूचना पारदर्शी हुनुपर्नेमा जोड दिदै उनले सूचना लुकाउने विरुद्ध उजुरी गरेर सूचना पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने आवस्यकता औल्याएका थिए । उनको प्रस्तुतीसंगै अन्तरक्रियामा विषय प्रवेश गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक सम्बर्द्धन गर्न नगरपालिकाको तर्फबाट प्रतिवद्धता प्रकट गरेका छन् । सूचनाको हक पत्रकारको मात्र नभई सबै नागरिकको हक भएको भन्दै उनले नेपाल सरकारले तोकेको नियममा बसेर सूचना दिन नगरपालिका तयार रहेको बताए । नगरपालिकाको सूचना सार्वजनिक गर्न पत्रकारको महत्वपूर्ण … Continue reading मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न