News Portal

  • राजीनामा दिएर अर्थमन्त्रीले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    ४४४ पटक
    भक्तपुर, २३ असार २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको भनाइ छ ।

    आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानविनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए ।

    बजेट प्रकरण छानविनमा सहयोग गर्ने भन्दै राजीनामा दिएर शर्माले नैतिकता प्रदर्शन गरेको बताए । यो राम्रो राजनीतिक संस्कारको प्रक्रिया भएको पनि उनले बताए । यसलाई कतिपयले माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने गरेको भन्दै प्रचण्डले यसलाई नयाँ तरिकाबाट लान जरुरी रहेको बताए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...