News Portal

  • संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियोः विश्वप्रकाश शर्मा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    २७४ पटक
    भक्तपुर, २७ असार २०७९

     

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको महामन्त्री शर्माको भनाइ छ ।

    नेपाली कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि आज ललितपुरमा आयोजित एक कार्यक्रममा सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकका कतिपय प्रावधान गलत भएकाले आज भोलि नै फिर्ता हुने बताएका छन् ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...