News Portal

  • गण्डकीका मुख्यमन्त्री,मन्त्रीलाई ‘रु १ दान’ अभियान सुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ४७६ पटक
    भक्तपुर, २७ असार २०७९

    आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरूलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ ।

    प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढवा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो । अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरूको तस्बिर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए । अभियानको अन्तिम दिन दान बाकस खोल्ने र सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको अनेरास्ववियुले जनाएको छ ।

    गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सत्तारुढ दलका नेताका आफन्तको नाममा करोडौँ रुपैयाँ विनियोजन भएपछि अहिले चर्को आलोचना भइरहेको छ । प्रतिष्ठानका नाममा खुलेका नेताका आफन्तको नाममा राज्यकोबाट ब्रह्मलुट भइरहेको भन्दै नागरिकस्तरबाट विरोध भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...