अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् । शुक्रबार पत्रकारद्वय बिकल श्रेष्ठ र रमेश खड्कासंग निर्वाचन कार्यालय पुगी विवरण भरेकी सिंहले आफ्नो ठेगाना मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ उल्लेख गरेकी छन् । पछिल्लो समय राजनीतिलाई समेत महत्व दिएर गतिविधि गरिरहेकी सिंहले भक्तपुरमा मतदाता विवरण अध्यावधिक गरे संगै उनी आउँदो निर्वाचनमा भक्तपुर बाट उम्मेदवार बन्ने समेत सम्भावना बलियो बन्दै गएको उनी निकट श्रोतले जनाएको छ । सिंहले उम्मेदवार बन्ने उदेश्यले मतदाता परिचय पत्र लिन खोजेको विषयमा कुनै आधिकारिक पुष्टि भने भएको छैन । यद्यपि भक्तपुर पोस्ट श्रोतले भने उनी रवी लामिछाने नेतृत्वको पार्टी बाट भक्तपुर-२ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने दावी गरेको छ ।
आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
भक्तपुर, ३२ असार २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई