News Portal

  • पुबुदु दासानायकेले दिए राजीनामा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,४ साउन २०७९
    ५७ पटक
    भक्तपुर,४ साउन २०७९

    नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

    पछिल्ला खेलमा नेपाली टोलीको खराब नतिजा आउने क्रम बढेसँगै उनी दबाबमा थिए । दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।

    उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो । पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षक मानिन्छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    मेयर बालेन र नर्भिक अस्पतालका कर्मचारीबीच विवाद

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ । अस्पतालले...

    जापानको सत्तारुढ दलका नेतासँग प्रचण्डको भेटवार्ता

    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता...

    समान ढंगले सिट बाँडफाँट नभए तालमेल हुदैनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर...

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...