भक्तपुर, ५ साउन २०७९अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ ।
एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङले बैठक स्थगित गरेका हुन् ।
आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तीसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय लिने बताइएको थियो ।
यसअघि सोमबार नेम्वाङ अचानक बिरामी परेको भन्दै बैठक स्थगित भएपछि बैठक आजलाई बोलाएको हो ।