नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन वा प्रसारण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।
आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएक हुन् । सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै नागरिकले आफ्नो मूल्याङ्कन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न उनले आग्रह गरेका छन् । नागरिकलाई सत्य–तथ्य कुरा सही ढङ्गले सम्प्रेषित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
महामन्त्री थापाले सही ढङ्गले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।