News Portal

  • चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि भक्तपुर भ्रमणमा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ९ असार २०७९
    ४७४ पटक
    भक्तपुर, ९ असार २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल सम्मिलित जनप्रतिनिधि टोलीले आइतबार भेट गरेका छन् । भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र फोहोर व्यवस्थापनबारे अनुभव आदानप्रदान भएको छ ।

    भेटमा नगर प्रमुख प्रजापतिले सहरी क्षेत्रको फोहर व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले मालिक, आधुनिक र मिश्रित प्रविधिको माध्यमबाट फोहोरको उचित व्यवस्थापनमा जोड दिँदै आएको बताएका छन्।

    स्केन्डेनेभियन देशहरु जस्तै स्विडेन, नर्वे, फिनल्याण्ड, आइसल्याण्ड र डेनमार्कलगायतले फोहरलाई राम्रो आयको स्रोतको रुपमा फोहरलाई आम्दानीको राम्रो स्रोत बनाइरहेको सन्दर्भ जोड्दै उनले फोहरलाई स्रोतबाटै कम गर्ने र छुट्याई संकलन गर्ने नीतिअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक घरमा २÷२ वटा बाल्टिन र कम्पोष्ट बिन वितरण गर्नुका साथै कम्पोष्ट मल बनाउन सघन रुपमा नगरबासीहरुलाई कौसी खेती र फोहोर मैला व्यवस्थापनका तालिमहरु सञ्चालनलाई निरन्तरता दिँदै आएको बताएका छन् ।

    उनले पुराना सम्पदा संरक्षण आफैमा विकास हो भन्दै शिक्षा क्षेत्रकै माध्यमबाट भक्तपुर नपा देशभरि चिनिएको बताएका छन्। उनले भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार तयारीमा जुटिरहेको समेत उल्लेख गरेका छन्।
    चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष सिग्देलले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमा गरिरहेको काम चन्द्रागिरी नपाले पनि अवलम्बन गर्न चाहेको बताएका छन् । उनले फोहोरमैला व्यवस्थापन विश्वमै चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले सरसफाईमा बजेट व्यवस्थापन, कुहिने फोहोरको व्यवस्थापन र अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापनबारे जिज्ञासा राखेका छन् ।

    नगर प्रमुख प्रजापतिले, उक्त टोलीलाई नगरपालिकाका प्रकाशनहरु प्रदान गरेका छन् भने भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य एवम् ५ वडाका वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले खादा ओढाई स्वागत गरेका थिए ।

    भेटमा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्यहरु र चन्द्रागिरी नपा वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारी, वडा नं. २ का वडाध्यक्ष भाइकृष्ण तामा, कार्यपालिका सदस्य संगिता महर्जन र वातावरण तथा विपद् सदस्य सचिव भद्रा अर्यालको पनि उपस्थिति रहेको थियोे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...