पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रीवाहक बसमा आगलागी हुँदा ३३ यात्री घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । आगलागीबाट यात्री घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए ।