News Portal

  • आदिबासी महोत्सव २०२२ कार्यक्रम गर्ने तयारी

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१२ साउन २०७९
    ५४४ पटक
    भक्तपुर,१२ साउन २०७९

    वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा आदिबासी महोत्सव २०२२ कार्यक्रम गर्ने तयारी गरेका छन् ।

    यहीँ आउदो अगस्ट १४ मा युएईको दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।

    उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्व बोकेका भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि २०२२ प्रतियोगिता समेत राखिने जानकारी आदिवासी जनजाति महासंघ यूएईकि अध्यक्ष बिजय लक्ष्मी राईले दिएकी छिन् ।

    प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुत रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई.ई.जी. ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...