News Portal

  • घाँस काट्न गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१२ साउन २०७९
    ४४३ पटक
    भक्तपुर,१२ साउन २०७९

    रुपन्देहीको सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ वर्षिय निलमणि दमाई पक्राउ परेका ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बहनामा एकान्त स्थानमासंवेदनशील अंग छुँदै जबरजस्ती करणी गर्न खोजेको भन्दै ती महिला भागेर घर आएकी थिइन् ।

    बिवाहित महिलाले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो ।

    उनीमाथि करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका मरासिनीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...