News Portal

  • भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ साउन २०७८
    ५९७ पटक
    भक्तपुर, १४ साउन २०७८

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।

        उनले नगरपालिकाका कर्मचारीमाथि निगरानी गर्ने प्रभावकारी संयन्त्र बनाइएको बताउदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइएको जिकिर गरे । आर्थिक पारदर्शितामा जोड दिदै नगर प्रमुख प्रजापतिले प्रत्येक संस्थाले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा स्पष्ट पारे ।

    नगरपालिकाले १ सय २७ वटा सम्पदाको पुनर्निर्माण आफ्नै श्रोतबाट सम्पन्न गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख प्रजापतिले बिदेशी दाताहरुको भर परेर आत्मनिर्भर हुन नसकिने बताए ।  उनले भक्तपुर नगरपालिका जनताको काममा दमकल र एम्बुलेन्स जस्तैगरि लागिपरेको जिकिर गर्दै जनताको स्वास्थ्य समस्या समाधान गर्न १५ मिनेटमा नर्स घरमै पुग्ने र १५ मिनेटमै नगर अस्पताल पुगी स्वास्थ्य उपचार गराउन प्रवन्ध मिलाइएको दावी गरे । उनले नगरपालिकामा संचालित विद्यालय र कलेजहरु नमूनाको रुपमा रहेको र त्यसको अनुसरण गर्न अन्य नगरपालिकाले खोजिरहेका खुलासा समेत गरे ।

    उनले हरेक वर्ष लाखौ रुपैया गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको बताउदै स्थानीय पाढ्यक्रम मार्फत भक्तपुरको कला र सस्कृती लाई महत्वका साथ नयाँ पुस्तामा पुर्याइरहेको जानकारी गराए । प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको कला र सस्कृती नै भक्तपुरको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना र विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।                                                                                                  उक्त अवसरमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आफ्नो वडामा रहेको नवदुर्गा मन्दिरको संरक्षण र जात्रा संचालनका क्रम्मा आइपर्ने समस्या समाधानमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।                                       

    सस्थाका अध्यक्ष बृजेश बनमालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवगण जेष्ठ नाइके इन्द्रबहादुर बनमाला, माली समाजका अध्यक्ष अमरनारायण माली, बनमाला सेवा समितिका अध्यक्ष आशकाजी बनमाला, देवगण गुरु नारायण भक्त बनमाला, दयाराम बनमाला, शिवभक्त बनमाला, त्यसैगरी अगुवा बनमालाहरु नारायणमान बनमाला, शिवराम बनमाला, हरिगोबिन्द बनमाला, पूर्व वडाध्यक्ष बिष्णुबहादुर मानन्धर लगायतले नवदुर्गा देवगण जात्राको महत्व, समस्या र समाधानका उपायबारे प्रकाश पारेका थिए । अधिवेशन उद्घाटन सत्रको संचालन कृष्णमान बनमालाले गरेका थिए ।                      सस्थाको शनिवार सम्पन्न अधिवेशनको बन्द सत्रबाट बालगोपाल बनमालाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन गरिएको निवर्तमान सचिव रत्नमान बनमालाले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...