नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको चुनावमा सबैं निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने बताएका छन् ।
पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि डोटी पुगेका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेकोले अहिले गठबन्धनको मात्रै डम्फू नबजाउने बताएका हुन् । स्थानीय निर्वाचन पार्टी एक्लैले चुनाव लडेको भए एक सय स्थानीय पालिका नेतृत्व जित्नसक्नेमा गठबन्धनमा मात्र गीत गाँउदा कमजोरी भएको जिकिर गरेका थिए । उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।
आउने संघ प्रदेशको चुनाव अगाडी एकीकृत समाजवादीले कुनै पनि पार्टीसाग एकता नगर्ने पनि नेपालले बताए ।नेपालले कार्यकर्ता भेलालाई सम्बोधन गदैं गठबन्धन हुन सक्ने तर अहिल्लै पार्टी एकता नहुने बताएका छन् ।