News Portal

  • सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छःमन्त्री श्रेष्ठ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१७ साउन २०७९
    ४२७ पटक
    भक्तपुर,१७ साउन २०७९

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।

    आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिइन् । सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गरिन् ।

    मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलानलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताए । उनले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भई व्यवसायिक बनाउनु पर्नेमा जोड समेत दिए ।
    समितिको वार्षिक प्रतिवेदन बुझांउदै अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरुमा विकृति र विसंगतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनु पर्ने बताएकी छिन् ।

    प्रतिवेदनमा सहकारीलाई सहकारी कै रुपमा सञ्चालन नगर्दा र सहकारी सम्बन्धी ऐन कानूनको पालना नहुदा सहकारी संस्थाहरु समस्याग्रस्त हुन पुगेको औल्याइएकी छिन् । सहकारीहरुलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थाहरुमा सुशासन प्रवद्र्धन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनले समान प्रकृतिका कार्य गर्ने सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न र सहकारीलाई विपन्न वर्गसम्म पुग्ने रणनीतिका साथ सञ्चालन गर्ने, सुशासनको पूर्ण प्रत्याभूति हुने गरी सञ्चालन गर्ने जस्ता आधारभुत सिद्धान्तहरुको पालना गर्न सकेमा सहकारी क्षेत्रप्रतिको जनताको विश्वास अभिवृद्धि गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...