News Portal

  • वामपन्थी शक्तिलाई एकताका लागि ओलीको अपिल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ४६३ पटक
    भक्तपुर,१७ साउन २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी शक्तिलाई एकताका लागि अपिल गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई संगै मिलेर काम गर्न आग्रह गरे।

    गठबन्धन कम्युनिष्टहरू सिध्याउन बनेको भन्दै उनले बाहिर रहेका वामपन्थी पार्टी, शक्ति र व्यक्तिहरु गठबन्धनको जस्तो दुष्ट आशय बोकेका नभएकाले एकता हुन सक्ने बताए। ‘दुष्ट आशय बोकेकासँग हामी एकता गर्न सक्दैनौं। दुष्ट आशय नबोकेका साथीहरु ए बाबा १ ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना(साना भाँडा किना बसाउनुपर्‍यो’, ओलीले भने, ‘म आव्हान गर्छु, आग्रह गर्छु साथीहरुलाई आउनुहोस् सँगै मिलेर काम गरौं।’

    गठबन्धनले जस्तो चुनावी तालमेल मात्रै नगर्ने भन्दै उनले मंचमा सँगै रहेका नेकपा ९माले०का महासचिव सीपी मैनालीलाई पार्टीमा आउन आग्रह गरे।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...