सप्तकोसी नदीमा पानीको बहाव बढ्दा उदयपुरसँगै सप्तरी र सुनसरीका पालिकाहरू बढी जोखिममा परेका छन् ।
सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनसार बाढीले सप्तकोसीका ६ र ७ नम्बर वडामा प्रत्यक्ष असर गर्न सक्छ । यस्तै, सप्तरीकै कञ्चनरूप नगरपालिकामा पनि १, २, ४, ५, १० वडामा असर गर्ने प्रमुख ललनप्रसाद गुप्ताले बताए । सुनसरीको बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वडा नम्बर–६ र ९ मा असर पर्ने भएकाले हाई अलर्टमा राख्न आग्रह गरिएको बताए ।
उता, उदयपुरको बेलाका नगरपालिकाका–३, ५ र ८ नम्बर वडामा गरी करिब एक हजार घरपरिवार प्रभावित हुने जनाइएको छ । भँगालो बस्तीमा पसेसँगै स्थानीयलाई डुंगा र ट्युबबाट उद्धार गरिँदै छ ।