सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका(६ मा दुई जनाको र राजगढ गाउँपालिका २ कमलपुरमा एक जनाको ज्यान गएको हो ।
कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा(बुहारी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए । सात महिनाकी गर्भवती रहेकी अन्जलीलाई मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको थियो। अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।