News Portal

  • कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चारदोबाटो बस्ने आलेमगरको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२१ साउन २०७९
    ७६० पटक
    भक्तपुर,२१ साउन २०७९

    काठमाडौ‌को कोटेश्वरमा सडक दुर्घटना हुँदा भक्तपुरको चारदोबाटो बस्ने एकजनाको ज्यान गएको छ । छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो ।  दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।

    मकवानपुरको बकैया गाउँपालिका ४ घर भई भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षीया भूमिका आलेमगरको मृत्यु भएको हो। यस्तै मोटरसाइकल चालक नयाँथिमी बस्ने दोलखाका बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका हुन्। दुर्घटनामा चालक श्रेष्ठ र मोटरसाइकलकको पछाडि सवार आलेमगर घाइते भएका थिए। गम्भीर घाइते भएकी आले मगरको उपचारको क्रममा माइतीघरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

    चालक श्रेष्ठको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...