News Portal

  • ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २५ साउन २०७९
    २२६५ पटक
    भक्तपुर, २५ साउन २०७९

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी रहेको भ्रम फैलाइएको भन्दै उनले सो स्पष्टीकरण दिएका हुन् ।

    मंगलवार मध्यपुर सञ्चार समाजद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई नयाँ थिमीमा सम्बोधन गर्दै सांंसद बस्नेतले आफू पैसा कमाउन राजनीतिमा नआएको जिकिर गर्नुका साथै आफू र आफ्नो परिवारको नाममा ब्यवसायिक लगानी प्रमाणित गर्न चुनौती दिए । “मेरो वा मेरो आफन्तको नाममा कहिकतै ब्यवसायमा लगानी प्रमाणित गर्नेलाई म सो सम्पत्ति हस्तान्तरण गरेर दिनेछु ।” उनले भने । आफूले भ्रस्टाचार नगरेको दावी गर्दै कसैले पैसा खाएको वा मागेको प्रमाणित गरिदिए सार्वजनिक पद धारण नगर्ने मात्र नभई राजनीति नै नगर्ने समेत उनले उद्घोष गरे ।

    उनले आफ्नो कार्यकालमा भक्तपुरमा इतिहासकै धेरै बिकास निर्माणका कार्य भएका भन्दै आफ्नो पहलमा अर्बौंको बजेट ल्याइएको बताए । ” केहि वर्ष अघि काठमाडौ हेरेर थुक निल्नुपर्थ्यो, अहिले भक्तपुर हेरेर काठमाडौले थुक लिल्नुपर्ने अवस्था आएको छ ।” उनले भने ।

    नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा तर बिकासमा ऐक्यबद्धता भन्ने आफ्नो अभियान भएपनि राजनीतिक दलहरुले आफ्नो खुट्टा  तान्ने प्रयास मात्र गरेका आरोप लगाए । उनले नेमकिपाले कुरा नबुझ्दा अन्तर्राष्ट्रिय खेल मैदान बनाउन नदिएको लगायत गुनासो गरेका थिए । त्यतिमात्र होइन, आफ्नै पार्टीका केही नेता र जनप्रतिनिधि नै आफ्नो विरुद्ध लागेर काम गर्न नदिएका र बजेट फ्रीज गरिदिएका समेत उनले खुलासा गरे ।

    कार्यक्रममा सांसद बस्नेतले विभिन्न ब्यक्तिहरुले हडपेका सयौ रोपनी सार्वजनिक जग्गा आफ्नो पहलमा फिर्ता ल्याइएको, निस्वार्थ ढङ्गले हनुमन्ते र मनोहरा करिडोरको काम गरिएको बताए । उनले भक्तपुरलाई आर्थिक, सास्कृतिक र पर्यटकीय गन्तव्यस्थल बनाउन पहल गरिएको र बिना भेदभाव आवश्यकतामा आधारित बजेट बिनियोजन गरिएको जिकिर गरे । आफूले पार्टीगत पूर्वाग्रह नराखी भक्तपुरबासीको लागि सदैव सहयोगको हात अघि बढाएको बताउदै उनले २०७० को निर्वाचनमा पराजित भएर पनि जनताको काम गरेवापत जनताले जिताएको स्मरण गर्दै जनताको सेवालाई मूलमन्त्र बनाएर अघि बढिरहने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका कावा अध्यक्ष सुन्दर सिल्पकारले सांसद बस्नेतले निर्वाचित भएपछी आफूलाई मिडिया नचाहिने भनेर दिएको सार्वजनिक अभिव्यक्ति प्रति दुख व्यक्त गरेका थिए भने जिल्लाका पत्रकारहरु जनप्रतिनिधिलाई प्रोत्साहित र खबरदारी गर्ने दुवै काममा उत्तिकै पेशागत मर्यादा कायम राखेर काम गरिरहेका जिकिर गरे । उनले पत्रकार महासंघको आफ्नै भवन बनाउन सांसद बस्नेतको सहयोगको समेत अपेक्षा गरेका थिए ।

    मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साछे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुमन श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष सागर गुरागाईले स्वागत मन्तब्य राखेका थिए । मानव अधिकार एलाइन्स भक्तपुरको व्यवस्थापन रहेको उक्त कार्यक्रममा जिल्लामा क्रियाशील २ दर्जन बढी पत्रकारको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...