News Portal

  • भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २५ साउन २०७९
    १३२३ पटक
    भक्तपुर, २५ साउन २०७९

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

    बजार अनुगमनका क्रममा व्यवसायीहरुले धेरै विषय आफूहरुलाई जानकारी नै नरहेको जिकिर गर्ने गरेपछि बैठकले व्यवसायीले पालन गर्नुपर्ने विषयको चेकलिष्ट तयार पारी प्रकाशन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा घिमिरेले जानकारी गराए । भाद्र मसान्त भित्र पसल ब्यवसायमा देखिने गरी मूल्य सुची राख्न अनिवार्य गरिएको समेत उनले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार दैनिक उपभोग्य बस्तु तथा सेवाको मूल्य, गुणस्तर र मापदण्ड बारे नियमित अनुगमन संयन्त्र बनाउने र बिभिन्न माध्यमबाट प्राप्त उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्ने समेत निर्णय गरिएको बताए ।

    बैठकमा उपभोक्ता हितसंग सम्बन्धित सचेतना कार्यक्रमहरु गर्ने र सञ्चार माध्यम मार्फत उपभोक्ता र व्यवसायीलाई यस विषयमा सचेत पार्न सार्वजनिक सूचना प्रकाशन प्रशारणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरिएको बताइएको छ ।

    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेलले स्थानीय सरकारले समेत बजार अनुगमन गरिरहेको बारे बताएका थिए । त्यसैगरी घरेलु तथा साना उधोग कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार दाहालले दोहोरो अनुगमनले पारेको अप्ठेरोबारे बताएका थिए ।

    आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका प्रनिनिधि मणिराम गेलालले बजार अनुगमनका क्रममा ध्यान दिनुपर्ने कुराहरुमा प्रकाश पारेका थिए भने जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले स्वास्थ्यसंग सम्बन्धित सेवा प्रवाहको अनुगमनको अवस्थाबारे बताए ।

    बैठकमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक प्रजित केसी, राष्ट्रिय उपभोक्ता हित संरक्षण मंचका भक्तपुर अध्यक्ष मनोज थापा, घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्बुजा, उद्योग बाणिज्य संघ भक्तपुरका सचिव विश्वराम दुवाल, प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्य, भक्तपुर नगर चेम्बरका अध्यक्ष राधेश्याम सायजु र नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको सहभागिता रहेको बताइएको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उपभोक्ता हितको संरक्षण गर्न बजार क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रामा पनि अनुगमनलाई तीब्र बनाइने बताइन । सबै व्यवसायी व्यवसायिक मर्यादामा रहनुपर्नेमा जोड दिदै उनले उपभोक्ताले मूल्य र गुणस्तरमा शंका लागे उजुरी गर्नुपर्ने समेत आवश्यकता औल्याइन । आफूहरुले बजार अनुगमन गरिरहेपनि गुनासो आएका ठाउमा अनुगमन गर्दा थप प्रभावकारी हुने उनको भनाइ छ । उपभोक्ता सचेत भएमा बजारमा ठगिने अवस्था अन्त्य हुने बिश्वास व्यक्त गर्दै उनले उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रम अघि बढाइने बैठकले निर्णय गरेको समेत बताइन ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...