News Portal

  • विश्व रेकर्ड राख्न सफल भक्तपुरकी खेलाडी सापकोटा सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ साउन २०७९
    ११८१ पटक
    भक्तपुर, २८ साउन २०७९

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा सम्मानित भएकी छन् । काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति भक्तपुरले सम्मान गरेको हो ।

    शनिबार समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सापकोटालाई प्रमुख अतिथि रहेका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सम्मान गरेका हुन् । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुइमा नखसाई २ सय ४९ पटक हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भएकी थिइन् ।

    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले खेलकुदको माध्यमबाट देशको पहिचान कायम हुने मात्र नभई आर्थिक उन्नती हुने समेत बताए । राज्यले खेलकुदको विकास गर्नुको विकल्प नभएको बताउदै उनले यसका लागि तीनै तहका सरकारले प्रभावकारी र समन्वयात्मक कार्य गर्नुपर्ने प्रष्ट पारे ।

    आफूले मन्त्रालय सम्हालेपछि खेल र खेलाडीका लागि धेरै काम गरिएको दावी गर्दै मन्त्री ढकालले शोखले नभई पेशाले खेलाडी भएर बाच्न सक्ने स्थिति बनाउन आफू लागिपरेको जानकारी गराए ।

    उनले जिल्लामा खेलकुदको बिकासका लागि प्रदेश मातहत रहेको खेलकुद बिकास समितिलाई आफ्नै कार्यालय र जमिन भएकालाई आफ्नै भवन बनाउन बजेट व्यवस्था गरिएको बताउदै समितिले सिफारिस गरेका आधारमा पूर्वाधार निर्माणका काममा समेत मन्त्रालय अघि बढेको जिकिर गरेका थिए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वरबहादुर थापाले स्थानीय सरकार खेलको बिकासमा उदाशीन रहेकाप्रति दुख व्यक्त गरे । उनले स्थानीय सरकार प्रमुखहरु आफ्ना कार्यकर्ता मुखी भएका र कनिका छरेजस्तो कार्यकर्तालाई बजेट बाढ्दै बसेका बताउदै खेलकुदको बिकास गर्न एकीकृत योजना बनाउनुपर्ने आवस्यकता औल्याएका थिए ।

    अर्का अतिथि जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल बासुले समितिले आफ्नो नाममा रहेको जमिन समेत उपभोग गर्न नपाउदा पूर्वाधार बिकासमा समस्या रहेको बताउदै सबै मिलेर भक्तपुरको खेलकुदलाई बिकासको गति दिनुपर्ने प्रष्ट पारेका थिए ।

    त्यसैगरी जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष एवं नेकपा(एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतले भक्तपुरमा खेल क्षेत्रको बिकास गर्ने निउमा बजेट ल्याएर जग्गा दलालहरुको हुदो मात्र काम भएको आरोप लगाए । उनले जनप्रतिनिधि र नेताहरुले नै खेलकुदलाई भजाई खाने भाडो बनाउँदा खेल क्षेत्रको बिकास हुन नसकेको गुनासो गरे ।

    उक्त अवसरमा सम्मानित खेलाडी गोमा सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताएकी थिइन् भने कार्यक्रमका सभापति एवं जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले खेलकुदको बिकास र खेलाडीको हितको लागि आफूहरु अहोरात्र खटिरहेको बताए । उनले यसका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरु अघि सारिएको जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...