News Portal

  • बाबुराम भट्टराई माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२९ साउन २०७९
    ३७५ पटक
    भक्तपुर,२९ साउन २०७९

    पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । उनी २०७२ असोज सम्म माओवादी नेताकै हैसियतमा थिए । तर त्यसपछि वैकल्पिक शक्तिको खोजिमा भौतारिरहेका पूर्व प्रधानमन्त्री बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको निरन्तरको छलफल पछि माओवादी केन्द्रकै गोलाकारभित्रको हािसयाँ अथौडा चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका हुन् ।

    अव यो विषयलाइृ दुवै पार्टीले आ आफनो पार्टीमा छलफल गरेर भोलि सम्म टुग्गो लगाउने तयारी भएको माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिएका छन् ।

    ‘बाबुरामजीको सिंगो पार्टी अब माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले भने,।औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ ।

    निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेका छैनन । उनीहरुले यो विषय टुग्गो लगाएर मात्र दल दर्ताको तयारी गरेका छन् ।

    निर्वाचन आयोगले एक साता अगाडी निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लड्ने तयारीमा लागेका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...