News Portal

  • जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री–वितरण बन्द हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ साउन २०७९
    ४५९ पटक
    भक्तपुर,२९ साउन २०७९

    क्यान्सर गराउन सक्ने रसायन मिसिएको भन्दै उत्पादक कम्पनीविरुद्ध सयौँ मुद्दा परेपछि जोन्सन एन्ड जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री–वितरण बन्द हुने भएको छ ।

    कम्पनीले सन् २०२३ देखि बालबालिकाका लागि प्रयोग हुने ट्याल्कम पाउडर संसारभर नै उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेको हो । अमेरिका र क्यानडामा भने यो पाउडरको एक वर्षअघि नै बिक्री बन्द भइसकेको छ । पाउडरमा घातक केमिकल प्रयोग गरिएको र त्यसले महिलामा डिम्बाशयको क्यान्सर गराएको भन्दै विभिन्न मुलुकहरूबाट हेल्केयर फार्माविरुद्ध मुद्दा दायर गरिएको छ । अमेरिकी क्यान्सर सोसाइटीले ट्याल्कजन्य उत्पादनसँग लामो समय सम्पर्कमा रहने व्यक्तिहरूमा फोक्सोको क्यान्सर र ट्याल्कम पाउडरको नियमित प्रयोग गर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भावना रहने जनाएको छ ।

    कम्पनीले भने यो पाउडरबारे गरिएका अनुसन्धानहरूले हानिकारक नदेखाएको तर हजारौँको संख्यामा परेका मुद्दाले उत्पादन बन्द गर्न बाध्य भएको दबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...