News Portal

  • डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ साउन २०७९
    ३९२ पटक
    भक्तपुर,२९ साउन २०७९

    डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा नेपालगञ्ज उपमहानगरपालिका –१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।

    आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरीका अनुसार घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली खटिएको छ ।

    मृतकको शव घटनास्थलमा नै रहेको र घटनास्थलको प्रारम्भिक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...