News Portal

  • काठमाडौंमा मनाइयो पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ साउन २०७९
    ६५९ पटक
    भक्तपुर, २९ साउन २०७९

    उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा काठमाडौस्थित पाकिस्तानी राजदुतावासले आफ्नो देश पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । आइतबार साँझ पाकिस्तानी राजदुतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले संयुक्त रूपमा एक विशेष कार्यक्रमका बीच स्वतन्त्रता दिवस मनाएको हो ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको पारस्परिक सहयोग, एकता र मैत्री उदाहरणीय रहेको भन्दै त्यसको निरन्तरतामा जोड दिएका थिए । त्यसैगरी पाकिस्तानका राजदुत सइद हैदर शाहले  पाकिस्तान र नेपालबीचको सम्बन्धलाई थप मजबुद बनाउन आफू लागिरहेको बताए । उनले दक्षिण एसियाको समृद्धिका लागि शान्तिको आवश्यकता रहेको र त्यो सदस्य हुनुको नाताले नेपाल-पाकिस्तान दुबै देशको साझा चासोको विषय भएको समेत भनेका थिए ।

    हिमालय शमशेर जबराको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रका राजदुत, कुटनैतिक नियोगका प्रतिनिधि, पूर्व मन्त्री तथा नेता, अभिनेता, उद्योगीब्यापारी र पत्रकार लगायत बौद्धिक वर्ग एवं पाकिस्तानलाई मन पराउने मानिसहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । यस अघि पाकिस्तान दूतावासमा राष्टिय झण्डा झण्डोत्तोलन गरिनुका साथै पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...