News Portal

  • नागरिकता विधेयकमा परामर्श लिदै सभामुख

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    २२६ पटक
    भक्तपुर,३१ साउन २०७९

    सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाटे पुनर्बिचारका लागि नागरिकता विधेयक फिर्ता भएको थियो ।

    सभामुखले यो विधेयक अगाडि बढाउने सन्र्दभमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दी बन्दीलाई छलफल गरे । सरकारले राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी दिने कार्यसूची राख्न भनेपछि मंगलबार प्रतिनिधिसभामा राष्ट्रपतिको संदेशबारे जानकारी गराउने कार्यसूची तय भएको छ।

    सरकारको नेतृत्वकर्ता दल नेपाल कांग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरू राष्ट्रपतिले पठाएको संदेशका सन्दर्भमा के गर्ने हो एकीककृत धारणा तय गर्नुपर्ने पक्षमा छन् ।

     

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...