सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु भएको छ ।
डा.बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेत माओवादीले आफ्नै चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी सहमति दिएसँगै बालुवाटारमा गठबन्धन दलको वैठक शुरु भएको छ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आज अन्तिम दिन हो । बैठकमा दलहरुवीचको सिट बाँडफाँट र राष्ट्रपतिले प्रतिनिधीसभामै फिर्ता पठाईदिएको नागरिकता विधेयकका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिले सदनमा पटाएको सन्देश आजै सभामुखले सदनलाई जानकारी गराउने कार्यसूची तोकिएको छ । अव विधयेक कसरी अगाडी वढाउने या के गर्ने भन्नेमा सत्तासिन दलहरुको यो वैठकले निर्णय लिनसक्ने बताइएको छ ।