News Portal

  • नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ५४७ पटक
    भक्तपुर,३१ साउन २०७९

    सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई पुनः फिर्ता पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

    राष्ट्रपतिले अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता पठाएकी थिइन्। तर, स्रोतका अनुसार गठबन्धनले पुनः बहुमतको बलमा जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।

    राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ। यस्तै, बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगका समस्या समाधान गर्न पहल गर्ने निर्णय समेत भएको छ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...