भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेर आएको छ । यसअघि आईओसीले दुईपटक मूल्य घटाएर पठाएको थियो ।
अहिले नेपाली बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीले बताउँदै आएका छन् । नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।