सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबनधन दलको बैठक बसेको हो । बैठकमा गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटका लागि गठन गरेको कार्यादलका सदस्यहरुको पनि सहभागिता रहेको छ ।
कार्यादललाई साउन मसान्तसम्म सिट बाँडफाँटको प्रस्ताव तयार पारेर ल्याउन नेताहरुले भनेपनि समयअवधिसम्म वाँडफााट मिलाउन सकस परेपछि कार्यादल सदस्यसहित नै गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको हो ।
बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।